धावनमार्गमा खाल्डो परेपछि अवरुद्ध भएको अन्तराष्ट्रिय विमानस्थल खुल्यो


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ। शुक्रबार बिहान धावनमार्गमा सानो आकारको खाल्डा परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियाे ।

प्राविधिकहरूले उक्त खाल्डोको निरीक्षण गरेपछि विमानस्थल सञ्चालनमा आएको हो। रन वे -०२ को जमिन चर्किएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए। थाइ र मलेसियन एयरलाइन्सका जहाजहरू सिमराको आकाशमै होल्ड भएका थिए ।