फेरि बढ्याे अण्डाकाे मूल्य, कुन साइजकाे कति ?


काठमाडौँ । नेपाल लेयर कुखुरापालक संघले अण्डाको मूल्यमा वृद्धि गरेको छ ।

संघको हिजो (शनिबार) बसेको बैठकले आज (आइतबार)देखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ ।

संघका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ४६५ रुपैयाँ पर्नेछ । यस्तै, ठुलो अण्डा प्रतिक्रेट ४ सय ८० रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ५ सय रुपैयाँ पर्नेछ ।

संघले यसअघि गत जेठ ५ गते अण्डाको मूल्यमा वृद्धि गरेको थियो । नयाँ वर्ष २०८१ को सुरुवातसँगै नेपाली बजारमा अण्डाको मूल्यमा चार पटकसम्म उतारचढाव हुन पुग्यो जसले गर्दा उपभोक्ताहरू सहजै ठगिन पुगेका छन् ।