काठमाडौँ । आर्थिक वर्ष २०७९\८० मा स्थानीय तहहरूले ३ अर्ब ८७ करोड ४३ लाख ५८ हजार रुपैयाँको सवारीसाधन खरिद गरेका छन् ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार ७५ स्थानीय तहहरूले ३ अर्ब ६६ करोड ७१ लाख २० हजार रुपैयाँको चारपाङ्ग्रे सवारीसाधन र १३० स्थानीय तहले २० करोड ७२ लाख ३८ हजारको दुईपाङ्ग्रे सवारी साधन खरिद गरेका छन् छन् ।
साथै २६४ स्थानीय तहले सवारीसाधन मर्मतमा ७३ करोड ६७ लाख ९ हजार र ३२७ स्थानीय तहले इन्धनमा एक अर्ब ५६ करोड ६९ लाख ८ हजार गरी २ अर्ब ३० करोड ३६ लाख १७ हजार रुपैयाँ खर्च गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्