काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड ६२ लाख ८७ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा एभरेष्ट कलर लिमिटेडका लगनीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ ।
रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ७.४० प्रतिशतले घटेको छ ।
कुल ३४९ कम्पनीको एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्