सहकारी प्रकरण: दलहरूबिच सहमति, यी सहकारीमाथि हुनेछ छानबिन


काठमाडौँ । सहकारी ठगी सम्बन्धमा गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा दलहरूबिच सहमति भएको छ ।

मंगलबार दिउँसो कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले कार्यादेशको टुंगो लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा कार्यदल सदस्य शिशिर खनालले जानकारी दिए । कार्यदल अहिले सहमति बुझाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको नाम उल्लेख हुनुपर्ने अडान राख्दै आएको थियो भने सत्ता पक्षका दलहरू लामिछानेको नाम उल्लेख नगर्ने अडानमा थिए । अन्ततः समितिको क्षेत्राधिकार र कार्यादेश तय गर्न कानुन मन्त्री पदम गिरिको संयोजकत्वमा गठित कार्यदलले छानबिन समितिमा ४ बुँदे सहमति जुटाएको हो ।

छानबिन समिति भने ७ सदस्यीय हुने जनाइएको छ । जसमा नेकपा एमालेबाट २, नेपाली कांग्रेसबाट २, माओवादी, रास्वपा र राप्रपाबाट समान १९१ जना सदस्य रहने जनाइएको छ । समितिको समयसीमा ३ महिना तोकिएको छ । सहकारीहरूमा भएको ठगीबारे छानबिनका लागि गठन हुने संसदीयले गोर्खा मिडियासहित २९ सहकारीबारे छानबिन गर्ने भएको छ।

यी सहकारीमाथि हुनेछ छानबिन

१) ओरेण्टल को(अपरेटिभ लिमिटेड

२) स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ

३) प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को(अपरेटिभ

४) प्रभु बचत तथा ऋण सहकारी संस्था

५) कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ

६) कन्जुमर बचत तथा ऋण सहकारी संस्था

७) कुवेर बचत तथा ऋण सहकारी संस्था

८) चार्टर्ड सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ

९) भेगास बचत तथा ऋण सहकारी संस्था

१०) स्ट्याण्डर्ड मल्टिप्रपोज को अपरेटिभ लिमिटेड

११) सोसाइटल बचत तथा ऋण सहकारी संस्था

१२) लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था

१३) पशुपति सेभिङ क्रेडिट को(अपरेटिभ लिमिटेड

१४) शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

१५) तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड

१६) हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड

१७) कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था

१८) कान्तिपुर सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेड

१९) लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था

२०) गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

२१) आइडियल यमुना बहुउद्देश्यी संस्था

२२) इमेज बचत तथा ऋण सहकारी संस्था लि

२३) सहारा बचत तथा ऋण सहकारी

२४) समानता वचत तथा ऋण सहकारी

२५) सानो पाइला वचत तथा ऋण सहकारी

२६) सुप्रिम बचत तथा ऋण सहकारी

२७) सूर्यदर्शन बचत तथा ऋण सहकारी

२८) सुमेरु बचत तथा ऋण सहकारी

२९ं स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीलगायत अन्य सहकारी