जाजरकोट र रुकुममा क्षतिग्रस्त संरचना पुनर्निमाणका लागि २१ अर्ब ६० करोड विनियोजन


काठमाडौं । सरकारले जाजरकोट र रुकुमपश्चिममा भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेट विनियोजन गर्दै पुनर्निमाणको कमलाई गति दिइने बताएका छन् ।

सामुदायिक विद्यालय, सरकारी भवन तथा स्वास्थ्य संरचनाको समेत शीघ्र पुनर्निर्माण गरिने उनले बताए ।