निर्यात प्रवद्र्धन गर्न शीत भण्डार स्थापना हुने


काठमाडौँ । सरकारले कृषि उपजको निर्यात प्रवद्र्धन गर्न देशका मूख्य सहरको विमानस्थलमा शीत भण्डार स्थापाना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै निर्यात गरिने कृषिउपजको प्रमाणिकरण र प्रयोगशाला परीक्षण शुल्कमा सहजीकरण गर्ने पुनले बताए ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयको लागि आगामी आर्थिक वर्षका लागि ५७ अर्ब २९ करोड बजेट विनियोजन भएको छ ।