सहकारी प्रकरण: सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन


काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिका सात सदस्यको टुंगो लागेको छ । एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् । समितिको नाम ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ राखिएको छ ।

संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले मंगलबार दिउँसो ४ बुँदे कार्यादेश तय गरेको छ । साथै समितिको कार्यावधि पनि ३ महिना तोकिएको छ ।

यी सहकारीमाथि हुनेछ छानबिन

१) ओरेण्टल को-अपरेटिभ लिमिटेड

२) स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ

३) प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को(अपरेटिभ

४) प्रभु बचत तथा ऋण सहकारी संस्था

५) कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ

६) कन्जुमर बचत तथा ऋण सहकारी संस्था

७) कुवेर बचत तथा ऋण सहकारी संस्था

८) चार्टर्ड सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ

९) भेगास बचत तथा ऋण सहकारी संस्था

१०) स्ट्याण्डर्ड मल्टिप्रपोज को अपरेटिभ लिमिटेड

११) सोसाइटल बचत तथा ऋण सहकारी संस्था

१२) लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था

१३) पशुपति सेभिङ क्रेडिट को(अपरेटिभ लिमिटेड

१४) शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

१५) तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड

१६) हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड

१७) कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था

१८) कान्तिपुर सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेड

१९) लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था

२०) गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

२१) आइडियल यमुना बहुउद्देश्यी संस्था

२२) इमेज बचत तथा ऋण सहकारी संस्था लि

२३) सहारा बचत तथा ऋण सहकारी

२४) समानता वचत तथा ऋण सहकारी

२५) सानो पाइला वचत तथा ऋण सहकारी

२६) सुप्रिम बचत तथा ऋण सहकारी

२७) सूर्यदर्शन बचत तथा ऋण सहकारी

२८) सुमेरु बचत तथा ऋण सहकारी

२९ं स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीलगायत अन्य सहकारी