काठमाडौं । बजेट सार्वजनिक भएको भोलिपल्ट (आज) सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबारको दिन बुधबार सेयर बजार नकरात्मक बनेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ४ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने एउटा उपसमुहको सेयरमूल्य स्थिर रहेको छ ।
आजको दिन नेप्सेमा पोखरा फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १९ करोड ५२ लाख १० हजार ६ सय ६५ रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक घटेपनि आज ४ वटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कुल ३१४ कम्पनीको १० करोड ७३ लाख ८ हजार १ सय ६९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब५७ करोड ५० हजार ६३ हजार २ सय ७४ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्