कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सिबी लामा पक्राउ


काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ परेका छन् । लामालाई पक्राउ नेपाल-भारतको सीमाबाट उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

बचतकर्ताको करिब ८ अर्ब ५९ कराड रुपैयाँ बचत अपचलन गरेको अभियोगमा लामालाई पक्राउ गरेको हो । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभका पनि अध्यक्ष हुन् ।

उक्त सहकारी विरुद्ध हालसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् ।