काठमाडौँ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था जारी गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकले पहिलो पटक निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई कार्बाही गर्ने जनाएको हो । निर्देशनमा राष्ट्र बैंकले जानबुझी बेनामी वा काल्पनिकनाममा कारोबार गरे ५० लाख रुपैयाँ वा गाम्र्भीयता अनुसार थप जरिवाना गर्ने उल्लेख गरेको छ ।
नीति तथा कार्यविधि नभएमा, ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएमा वा प्रभावकारी नभएमा, जानीबुझी बेनामी वा काल्पनिक नाममा कारोबार गरेको पाइएमा, उच्चपदस्थ ब्यक्तिको पहिचान हुने प्रणालीको व्यवस्था नभएमा वा प्रभावकारी नभएमा, वास्तविक धनीको पहिचान गर्ने, वृहत ग्राहक पहिचान गर्ने तथा ग्राहक पहिचान अद्यावधिक गर्ने व्यवस्था नभएमा वा प्रभावकारी नभएमा, निरन्तर अनुगमनसम्वन्धी व्यवस्था नभएमा वा प्रभावकारी नभएमा, शंकास्पद कारोबारको पहिचान गर्ने संयन्त्र÷प्रणाली नभएमा तथा शंकास्पद कारोबार÷गतिविधि प्रतिवेदन तोकिएको ढाँचा÷ माध्यमबाट समयमा वित्तीय जानकारी इकाईमा पेश नगरेमा वा प्रभावकारी नभएमा, कार्यान्वयन अधिकारीको व्यवस्था नगरेमा, संस्थागत तथा कर्मचारीको क्षमता अभिवृद्धि नगरेम, तोकिएका विवरणहरुको अभिलेख नराखिएमा वा तोकिएको समयसम्म सुरक्षित नराखिएमा राष्ट्र बैंकले जनाएको छ ।
नेपालमा हायरपर्चेज कर्जा प्रदान गर्न अनुमती पाएका १० ओटा कम्पनीहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्