दुबै सदनको बैठकमा आजदेखि बजेटमाथि छलफल हुने


काठमाडौँ। आइतवार संघीय संसद अन्तर्गत दुबै सदनको वैठक वस्ने भएको छ । छुट्टा छुट्टै बस्ने बैठकमा आगामी आर्थिक वर्षको वजेटमाथि छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसपछि सामान्य छलफल सुरु हुनेछ ।

यता राष्ट्रियसभा बैठकमा पनि अर्थमन्त्री न पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । लगत्तै राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कायृसूची छ ।