काठमाडौँ । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले इ–सि३ लाइन–अपको प्रिमियम मोडल इ–सि३ शाइन नेपालमा सार्वजनिक गर्दैछ।
नेपाली बजारमा चाँडै आउने यो नयाँ भेरियन्टले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ धेरै परिष्कृत सुविधाहरू समेटेको बताइएको छ।
उच्च प्रविधि र परिष्कृत सुविधाहरूले सुसज्जित सिट्रोन इ–सि३ शाइन, कार उत्साहीहरूका लागि उपयुक्त विकल्प हुनेछ जसले स्टाइल र फिचर दुवैलाई महत्त्व दिनेछ।
यसमा थपिएका अगाडि र पछाडिको स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्याप्ड स्टेयरिङ ह्वील, एलोय ह्वीलहरू, र इलेक्ट्रिकल ओआरभीएमहरू जस्ता नयाँ सुविधाहरू सबैलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको हो।
सिट्रोनको इ–सि३ शाइनले विद्युतीय गाडीहरूको गतिशीलतालाई नेपाली बजारमा थप पहुँच योग्य बनाउँदै विशिष्ट अनुभव प्रदान गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्