आइपीओ निष्काशन गर्दै पर्वत पैयुखोला हाइड्रोपावर


काठमाडौं । पर्वत पैयु खोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्तावसहितप्रस्ताव सहित असार ३ गते विशेष साधारण सभा बोलाएको छ ।

सभा टोखा–५, काठमाडौंस्थित यस कम्पनीको कर्यालयमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । त्यसैगरी, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, कम्पनीको नियमावलीको नियम १८ मा संसोधन गर्नेलगायतका प्रस्तावहरु पेश हुनेछन् ।