काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आजको दिन नेपाल फाइनान्स लिमिटेड कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ । कम्पनीको २२ करोड ६४ लाख १३ हजार २८ रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेप्सेमा दुईओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
कुल ३२५ कम्पनीको ९६ लाख ९७ हजार २ सय ६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ रुपैयाँ कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्