महानगरले काटेको पीच टाल्न सडक विभागका कर्मचारी पुगेपछि न्यूरोडमा विवाद


काठमाडौं । न्यूरोड क्षेत्रको विषयलाई लिएर काठमाडौं महानगरपालिका र सडक विभागका कर्मचारीविच विवाद भएको छ । सोमबार महानगरले भत्काएको पीच टाल्न पुगेका सडक विभागका मजदुरलाई महानगरका प्रहरी र बालेन शाहका समर्थकले रोकेपछि विवाद चर्किएको हो ।

मेयर बालेन शाहको निर्देशनमा जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फको विशाल बजारअगाडि पीच काटिएको थियो । सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनभित्र पिच गर्न १६ गते अल्टिमेटम दिएको थियो । तर, महानगरले नबनाएपछि सडक विभागले काटिएको सडक पिच गर्न सुरू गरेको हो ।

फुटपाथ बढाउन भन्दै महानगरले सडक काट्ने क्रममा डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि दुई निकायबीच टकराब बढिरहेको छ । अहिले अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच छलफल भइरहेको स्रोतले जनाएका छ ।