कृषिमन्त्री साहको निर्देशन, ‘खाद्य स्वच्छता दिवस सफल बनाऔँ, कर्मचारीले एकअर्काको कुरा नकाट्नु’


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मातहतका कर्मचारीको व्यवहार देखेर आफूलाई दिक्क लाग्ने गरेको गुनासो गरेकी छिन्।

मन्त्री साहले कर्मचारीहरुबीच एकले अर्कालाई आपेक्षा मात्रै लगाउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न पनि सचेत गराउनु गराइन्।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा मन्त्रालयलाई नमूनायोग्य मन्त्रालयको रुपमा विकास गर्नेगरी काम गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिइन्।

कुनै बद्नामी नहुने गरी कर्मचारीहरुले काम गर्नुपर्ने मन्त्री साहको भनाई थियो । उनले कर्मचारीहरुले आफू कार्यरत निकायमा बदनामी हुने खालको कुनैपनि गतिविधि गर्न नहुने बताइन्।

मन्त्री साहले भनिन्, “हाम्रो खाद्य प्रविधि गुण नियन्त्रण विभाग छ । यसको बदनामी नआओस् । यसमा आपेक्ष नलागोस । हाम्रो विभाग एउटा नमूना विभाग हो । हाम्रो मन्त्रालय एउटा नमूना मन्त्रालय हो । त्यो खालको सन्देश हामीले दिनु पर्छ ।”

मन्त्री साहले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो परीक्षणको कामलाई प्रभावकारी बनाउनुपर्ने बताइन्। अवसरमा मन्त्री साहले नेपाल फुड एण्ड फिड इण्डस्ट्री लाइसेन्सिङ सिस्टम (एनइएफएफआईएलएस) सफ्टवेयरको शुभारम्भ गरिन्।

कर्मचारीहरुबिच फलाना खत्तम, ऊ खत्तम भन्ने व्यवहार यो भन्दा अरु सुनेकै छैन मन्त्रालयमा नसुनेको बताइन् ।

प्रगतिको कुरा गर्न उनले अनुरोध गरिन् । मन्त्री ज्वालाले भनिन्, “फलानालाई बनाउनु हुँदैन है, खराब छ । अर्को आयो, त्यो खराव छ भन्छ । ए बाबा, कति सुन्नु यस्ता गुनासाहरु ? सुन्दासुन्दै दिक्क, वाक्क लाग्छ ।”

कर्मचारीको बेमेलले कस्तो मन्त्रालय रहेछ भनेजस्तो पनि लाग्न लागेको गुनासो उनको छ। थपिन्, “कृषि मन्त्रालय कस्तो रहेछ ? विभागहरु कस्तो रहेछ ? यस्तो पनि लाग्न थालेको छ मलाई । यस्तो लागेको थिएन । म त तेस्रो कार्यकाल समात्दै छु । तर बुझदै जाँदा यस्तैमा दिन बिताउँदो रहेछ ।”

—न्युज एजेन्सी नेपाल