नेपाल इन्फ्रास्टक्चर बैंकको संस्थापक सेयर बिक्रीमा


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरमा जो सुकै व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् । यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरुलाई बिक्रीको लागि खुलाएको पनि ३५ दिन सम्म आवेदन नपरेपछि बैंकले सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।

सर्वसाधारण लगानीकर्ताले आज जेठ २२ गतेदेखि ७ दिनभित्र बैंकको रजिष्टर्ड बानेश्वर स्थित कानून विभागमा लिखित आवेदन दिन सक्ने छन् ।