काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
स्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान ११ बजेतिर बा।९९ प।८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट झण्डै एकसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल जिल्ला नुवाकोट विदुर नगरपालिका–९ बस्ने वर्ष ४७ का बुद्धिमान तामाङ, नुवाकोटको विदुर नगरपालिका–१३ बस्ने वर्ष ३१ की बिन्दा थापा मगर र सोही स्थान बस्ने वर्ष २७ की सुनिता थापा मगरको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्