डिजिटल नेपाल कन्क्लेभ २०२४ आयोजना हुँदै, डिजिटलाइजेसन र विकासको तालमेलमा जोड दिइने 


काठमाडौं । २०८१ जेष्ठ २५ गते शुक्रवार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएकाे छ ।

आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढि विशिष्ट र विज्ञ बत्ताहरु रहेकाे जनाइएकाे छ ।

कार्यक्रम काठमाडौँकाे म्यारियट होटलमा हुने आयोजक आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । कन्क्लेभमा  डिजिटल नेपालको लागि नविनत प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुती र प्रोजेक्ट शोकेसको पनि अवसर प्रदान गरिएको छ । लगभग २० वटा डिजिटल इनिसिएटिभ्सहरु शोकेसमा रहने आयोजकले जानकारी दिएको छ ।

हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट थिममा केन्द्रित हुने तेस्रो संस्करणको कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल इम्पावरमेन्ट एण्ड इन्क्ुजन, डिजिटल गभर्नेसन्स र डेटा फर डेमलपमेन्ट, डिजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसीप र डिजिटल रुपान्तरणमा अबको दिशा लगायतका विषयहरुमा सेसन र प्रस्तुतिहरू रहेका छन् ।

वर्षको ठुलो प्रविधि सम्मेलनको रुपमा आयोजना भइरहेको कन्क्लेभमा संघिय, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरु सहित ५०० बढिको सहभागिता रहने अपेक्षा छ । इच्छुक व्यत्तिले सहभागिताको लागि वेबसाइट www.digitalconclave.org  बाट टिकट खरिद गर्न सकिने व्यवस्था रहेको छ । सम्पुर्ण कार्यक्रम कान्तिपुर टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण समेत हुने आयाेजकले जनाएकाे छ ।