प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न


काठमाडौँ । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ । होटल म्यारियटमा शनिबार आयोजित समारोहको प्रमुख अतिथी उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ थिए ।

अन्तर्राष्ट्रिय स्तरमै कहलिएको आइबी एजुकेसन प्रणाली अन्तर्गत प्राथमिक वर्ष कार्यक्रम (पिवाइपी) मध्य वर्ष कार्यक्रम (एमवाईपी) र माध्यमिक तहको डिप्लोमा (आइबी डिपी) कार्यक्रम संचालन गरेर आइबी कन्टिनम स्कुलको परिचय प्रिमियर इन्टरनेसनलले आफ्नो पहिलो ब्याचलाई एक समारोह आयोजना गर्दै दिक्षित गरेको हो ।

आइबिडिपी र राष्ट्रिय परीक्षा बोर्ड ९एनइबी० बाट कक्षा १२ तहसम्मको अध्ययन पुरा गरेका ९१ विद्यार्थीलाई विद्यालयले दिक्षित गरेको प्रिमियर इन्टरनेसनल विद्यालयकि निर्देशक प्रभिना थापाले बताइन् ।

जसमा आइबीडिपी कार्यक्रमका ४१ विद्यार्थी छन् भनें एनइबीका ५० विद्यार्थी छन् । आइबी कन्टिनम् स्कुलबाट आइबिडिपी अध्ययन पुरा गर्दै दिक्षान्त प्रमाणपत्र हासिल गर्ने नेपालको यो पहिलो ब्याच हो ।

‘पीवाईपी, एमवाईपी र डीपी पाठ्यक्रमको अध्ययन पुरा गरेका विद्यार्थीहरुले यसबीचमा आफ्नो जीवनलाई आवश्यक शिक्षा हासिल गर्नुभयो भन्ने आशा लिएकि छु’ प्रिमियर स्कुलकि निर्देशक पवित्रा लिम्बुले भनिन्, “अन्तराष्ट्रिय स्तरमा अब्बल आइबी एजुकेसन सिस्टमलाई स्थानिय सामाजिक परिवेश, हाम्रो कला संस्कृती अनुरुप अध्यापन गराएर ‘ग्लोबल सिटिजन’ जन्माउन प्रिमियर सफल भएको छ ।”

निर्देशक लिम्बूले दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै भनिन्, “कडा परिश्रम र समर्पण मार्फत आफ्नो क्षमता र उत्कृष्टता प्रदर्शन गर्न कन्टिनम स्कुलबाट आइबिडिपी अध्ययन पुरा गरेका विद्यार्थी सफल भएका छन् । यसले विद्यार्थीको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्नेछ ।” निर्देशक लिम्बुले विद्यार्थीको क्षमता अभिवृद्धि, गुणस्तर शिक्षामा दृढ रही प्रिमियर स्कुलले काम गर्दै आएको पनि बताइन् ।

प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलबाट विद्यार्थीले १५ वर्षमा हासिल गरेको ज्ञान र शिक्षाले उनीहरुको सुनौलो भविश्य निर्माणमा ठोस योगदान दिने निर्देशक लिम्बुले बताइन् ।

सन् २००८ मा ललितपुरको खुमलटारमा स्थापना भएको प्रिमियर स्कुलले स्विटजरल्यान्डबाट विस्तारित अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणाली आइबी एजुकेसन संचालनको मान्यता पाएको डेढ दशक पुगेको छ । आइबी एजुकेसनबाट कक्षा १० उत्तिर्ण आफ्नै ब्याचलाई आइबिडिपी कार्यक्रममा भित्र्याएर नेपालकै एकमात्र आइबी कन्टिनम स्कुल बन्न प्रिमियर सफल भएको थियो ।

आइबी शिक्षण प्रणाली अन्तर्गत आइबीका तीनवटै कार्यक्रम संचालन गर्ने विद्यालयलाई मात्र आइबी वल्र्ड एजुकेसनबाट आइबी कन्टिनमको उपाधी दिएर प्रमोसन गरिन्छ । जुन उपाधी हासिल गर्दै प्रिमियर नेपालको एकमात्र आइबी कन्टिनम स्कुलको पहिचान बनाउन सफल भएको छ ।