काठमाडौँ । नेपाल राष्ट्र बैंकले गेट वे पेमेन्ट र स्मार्ट च्वाइस टेक्नोलोजीजलाई मर्जरको लागि सैद्धान्तिक सहमती दिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भुक्तानी प्रणाली सञ्चालक गेट वे पेमेन्ट सर्भिस प्रा. लि.र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडले मर्जरको लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती दिइसकेको बताए ।
उनले नेपालमा करिब ४ ओटा राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालक बाँकी रहने देखिएको बताए । हाल नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर ९ ओटा भुक्तानी प्रणाली सञ्चालक रहेका छन् । जसमा भिजा, मास्टर कार्ड र युनियन पे नेपालमा रहेको अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालक कम्पनी हुन् । यी बाहेक नेपालमा अहिले ६ ओटा राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालक रहेको प्रवक्ता भट्टले बताए ।
मर्जर हुन लागेको स्मार्ट च्वाइस टेक्नोलोजिजले २०७४ पुष १७ गते अनुमती पाएको थियो भने गेट वे पेमेन्टले २०७७ फागुन ३ गते नेपाल राष्ट्र बैंकबाट अनुमती पाएको थियो ।
नेपाल क्लियरिङ हाउस लिमिटेड र नेपाल इलेक्ट्रोकि पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) लाई प्राप्ती गरी २०८१ जेठ २१ गतेदेखि एकिकृत कारोबार सुरु गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्