टिगमा थपियो प्रोडक्सन फिचर, उद्योगको उत्पादन प्रक्रियालाई डिजिटाइज गर्न सकिने


काठमाडौं । टिगमा प्रोडक्सन फिचर थप भएको छ । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगमा प्रोडक्सन फिचर थप भएको हाे । १५ सयभन्दा बढी व्यवसायले विश्वास गरेको टिगमा अकाउन्ट, रेष्ट्रो, रिटेलसँगै म्यानुफ्याक्चरिङ प्रक्रियालाई पनि डिजिटलाइज गर्ने फिचर आएको हो ।

नयाँ प्रक्रियाले साना तथा मझौला उद्योगको म्यानुफ्याक्चरिङ प्रक्रियालाई डिजिटाइज गर्ने बिआइसी टेक्नोलोजीका सीईओ रमेश केसीले बताए ।

टिगको प्रोडक्सन सुविधामार्फत कुनै पनि वस्तु उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ राख्न, उत्पादन गर्दाको खर्च र लागत समेत सजिलै थाहा पाउन सकिने जनाइएकाे छ । यस बाहेक कच्चा पदार्थकाे उपलब्धता बारे थाहा पाउन र प्रोडक्सन प्रक्रियाको सबै रिपोर्ट समेत डाउनलोड गर्न सकिने टिगले जनाएको छ ।

साना व्यवसायको उत्पादन अनुभवलाई प्रविधिमैत्री बनाउन, लागत कम गर्न र चलाउन सजिलो हुने गरी टिगको डिजाइन गरिएको केसी बताउँछन् ।

“साना व्यवसायहरू म्यानुफ्याक्चरिङ प्रक्रियालाई व्यवस्थापन गर्न विभिन्न चुनौतीसँग लडिरहेका हुन्छन् । धेरैले महंगो सफ्टवेयरमा लगानी समेत गर्न सक्दैनन्,” केसी भन्छन्, “यही समस्यालाई समाधान गर्न सहजै म्यानुफ्याक्चरिङ प्रक्रियालाई प्रभावकारी बनाउन र व्यवस्थापन गर्न प्रोडक्सन फिचर ल्याएका हौं ।”

टिगको प्रोडक्सन फिचरबाट उत्पादनको दक्षता बढ्ने, लागत घट्ने र डेटामा आधारित निर्णय लिन सघाउने कम्पनीले जानकारी दिएको छ । साथै एउटै प्लेटफर्ममा अकाउन्टिङ, रेष्टुरेन्ट, इन्भेन्ट्री, पीओएस, रिटेल, प्रोडक्टसन लगायतको सुविधा भएकाले यसले फरक फरक सुविधाका लागि फरक फरक सफ्टवेयर किन्नुपर्ने बाध्यता समेत टिगले अन्त्य गर्नेछ ।

टिग क्लाउडमा आधारित सफ्टवेयर भएका कारण जुनसुकै ठाउँबाट पनि यसलाई अनलाइनमार्फत चलाउन सकिने याे वेबसाइट र मोबाइल एपमा उपलब्ध छ ।