नेप्सेमा ९ अंकको गिरावट कारोबार रकम ६ अर्ब नाघ्यो


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्चेन्ज ( अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ९.३२ अंकले घटेर २१११२.२९ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार नेप्सेमा नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा दुई कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर कसारत्मक सर्किट लागेको छ ।

त्यस्तै मिड सोलु हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ ।

कुल ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २ सय ८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।