नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५ अर्ब ४७ करोड रुपैयाँ


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १२ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेप्सेमा नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ४० लाख ५३ हजार ४९२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।