कामना सेवा विकास बैंकको ७८ हजार कित्ता बढि सेयर लिलामीमा


काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर लिलामीमा राखेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै ७८ हजार ३१९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।

बैंकले ३५ दिने स्रचना जारी गर्दै इच्छुक संस्थापक सेयरधनीहरुबाट आवेदन माग गरेको छ । पहिलो चरणमा संस्थापक सेयरधनीबाट लिलाम गर्ने प्रावधानअनुरुप बैंकले आवेदन माग गरेको हो।

यदि ३५ दिनभित्र सेयरधनीबाट लिलामी हुन नसकेको खण्डमा मात्रै अन्य सर्वसाधारण लगानीकर्ताले सेयरका लागि आवेदन दिन पाउनेछन्।