सुनकोशी गाउँपालिकाः वडा नम्बर ३ का २८ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ का २८ परिवारलाई गाउँब्लक जग्गाको लालपूर्जा वितरण गरिएको छ ।

वडा नम्बर ३ का वडाध्यक्ष चन्द्र श्रेष्ठका अनुसार तीन पुस्तादेखि भोगचलन गर्दै आइरहको गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो ।

वि.सं. २०२८ सालमा नापी हुँदा गाउँब्लकका रुपमा नापेर छाडेको र हाल कित्ताकाट गरेर लालपुर्जा वितरण गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।