साताको कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बिहीबार माउन्टेन इनर्जी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १७ करोड १४ लाख बढिको कारोबार भएको छ ।
त्यस्तै आजको दिन कालिका लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
कुल २०६ कम्पनीको ८६ लाख ६३ हजार ६ सय ९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९ सय ३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्