दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा यादव


काठमाडौं ।सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ ।

आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको  हो  ।

यादव बोर्डमा दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन्। दोस्रो कालमा पनि पुनः प्रतिस्पर्धा बाट यादव नियुक्त भएका हुन्।

लामो समय प्राध्यापन कार्यमा संलग्न छन्। टक्सारसँग छोटो प्रतिक्रिया दिँदै डा. यादवले दोस्रो कार्यकालमा थप प्रभावकारी कार्य गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै  मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकन डलर बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।