प्रथम सहकारी रोजगार मेला सम्पन्र,३ हजार बढीले गरे अवलोकन


काडमाडौँ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको आयोजनामा शुक्रवार देखि सुरू भएको प्रथम सहकारी रोजगार मेला-२०८१ सम्पन्न भएको छ ।

असार ७,८ र ९ गते (तीन दिन) सम्म पुल्चोक स्थित महासंघ परिसरमा सञ्चालीत मेलामा ३ हजार बढीले अवलोकन गरेका छन् । मेलामा अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ०का विज्ञद्वारा करिब २ सय विद्यार्थीलाई करियर काउन्सिलिङ गरिएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड समेत सह–आयोजक रहेको मेलाको आइतबार समापन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सहकारीमार्फत भएको परिवर्तनलाई हेर्नुपर्ने भन्दै केहि व्यक्तिहरूले सहकारीलाई बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्नेतर्फ ध्यानाकर्षण गराएका थिए । सहकारीले किसानको उत्पादन विक्रि गर्ने वातावरण तय गरेको समेत बताए ।

राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष ओमदेवी मल्लले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने सहआयोजक, सहयोगी तथा प्रदशर्नी गर्ने संघ संस्था तथा निकायहरु व्यवस्थापकीय कर्मचारीहरू सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका निवर्तमान मूख्यमन्त्री तथा प्रदेश सांसद खगराज अधिकारी, पूर्वमन्त्री तथा महांघका पूर्व अध्यक्षद्वय केशव प्रसाद वडाल एवम् दिपक प्रकाश वास्कोटाले सहकारी रोजगार मेलाले सहकारी संघ संस्थाहरू तल्लो तहमा रहेर उत्पादन, प्रशोधन र वजारीकरणमा लागेर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी श्रृजनामा काम गर्दै महत्वपूर्ण योयदान पुर्‍याएको कुरा चरितार्थ भएको बताएका थिए ।

युवाहरू अवसर र रोजगारीको खोजीमा विदेशी जाने क्रम बढ्दै गइरहेको अवस्थामा नेपालको सहकारी क्षेत्रमा आबद्ध भई स्वरोजगार हुन सकिने तथा यस क्षेत्रमा पनि रोजगारीको राम्रो अवसर राम्रो छ भन्ने उद्देश्यका साथ मेला आयोजना गरिएको थियो ।