बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गरेको छः प्रधानमन्त्री



काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रश्तुत गरेको बजेट तुलनात्मकरुपमा सन्तुलित,  समन्यायिक र नतिजामुलक रहेको बताएका छन् ।

मंगलावार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१\८२ को विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तिब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताए ।

उनले सोही अनुरुप श्रोत र साधनबाट वञ्चित र मानव विकास सूचकांकमा पछाडि परेका कर्णाली, मधेस, सुदूरपश्चिम लगायतका क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रुपान्तरणकारी, ठूला, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गरे ।

उनले प्रदेशगत विनियोजनको तथ्यांक हेर्दा कर्णाली मधेश प्रदेशलगायतका भौगौलिक क्षेत्रहरूमा तुलनात्मकरुपमा पर्याप्त बजेट विनियोजन रहेको बताए । उनले बजेट बाँडफाँडका विषयमा प्रतिनिधि सभा सदस्यहरुले चासोका साथ उठाएका महत्वपूर्ण विषयहरूमा सरकारले आगामी दिनमा थप संवेदनशील भएर काम गर्ने विश्वास समेत व्यक्त गरे ।