झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब १८ करोड रुपैयाँको कारोबार


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ५ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार नेप्सेमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको १४ करोड ८३ लाख ८ हजार १६ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४ ८५ र मकर जितुमाया सुरी हाइड्रोपावका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।

कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९९० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै साधना लघुवित्त वित्तीय संस्थाका कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।