इन्ड्राइभले नेपालमा सुरु गर्‍यो कुरियर सेवा


काठमाडौँ । इन्ड्राइभले नेपालमा कुरियर सेवा सुरु गरेको छ । इन्ड्राइभले उचित मूल्यमा सवारी र डेलिभरीसमेत प्रदान गर्न लागेको छ ।

नेपालमा इन्ड्राइभ डेलिभरीको सुरुवात भएको घोषणा गर्न पाउँदा उत्साहित रहेको इन्ड्राइभ (एपीएसी) का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले बताइन् । यो सेवाले बुकिङको दिनमा २० किलो वा सोभन्दा कम तौलका पार्सलहरूको डेलिभरीमा मद्दत गर्ने जनाइएको छ ।

इन्ड्राइभ डेलिभरी मार्फत नेपालका साना व्यवसाय र व्यक्तिहरूले सामना गर्ने लजिस्टिक चुनौतीहरूको सामनालाई समाधान गर्ने आशा राखेको उनले बताइन् ।

उनले नेपाली बजारमा सेवाहरूलाई अझ राम्रो बनाउन र नेपालमा जनताको आवश्यकता अनुसार थप सुविधाहरू ल्याउन प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

उनले भनिन्, “हाम्रो प्लेटफर्ममा हरेक दिन हजारौं सवारीहरू भइरहेका छन्।् । हामीले नेपालका यात्रुहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं । इन्ड्राइभले सन् २०२३ मा हामी अघिल्लो वर्षको तुलनामा २०० प्रतिशतको वृद्धि र सन २०२४ को पहिलो छ महिनामा सवारीहरूमा ४६ प्रतिशत वृद्धि रेकर्ड गरेको छ । हाम्रा सेवाहरू बृद्धि गर्न, सुरक्षा सुनिश्चित गर्न र हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक योगदान दिन समर्पित छौं ।”