आर्थिक विधेयक २०८१ बहुमतले पारित


काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।