दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ४८ करोडरुपैयाँ बढीको कारोबार


काठमाडौँ । साताको कारोबार अन्तिम दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयर मूल्य बढेको छ भने २ ओटा उपसमुहको सेयर मूल्य घटेको छ ।

विहीबार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको ३० करोड ९ लाख ४ हजार ६९४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै दोर्दी खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.७५ प्रतिशतले घटेको छ ।

कुल ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।