सप्तकोशीका ५६ वटा ढोका खोलियो, पानीको बहाव बढ्दै


काठमाडौँ । लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।

आइतबार बिहान ९ः०० बजेको मापन अनुसार सप्तकोसीको पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ .

अहिले पानीका बहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । आज बिहान पानीको बहाव बढ्न थालेपछि ब्यारेजका ४१ वटा ढोका खोलिएका थियो।

बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको थियो । पानीको बहाव अझै बढ्ने सक्ने भन्दै उदयपुर, सुनसरी र सप्तकोसी नदी किनारका बासिन्दालाई सुरक्षित रहन सप्तकोसी जलमापन केन्द्रले अनुरोध गरेको छ।