मेसीको गोलमा क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा


काठमाडौं । लिओनल मेसीले कोपा अमेरिका २०२४ मा पहिलो गोल गरेसँगै अर्जेन्टिनाले क्यानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको न्यु जर्सी स्थित मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिना कोपाको फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाका लागि मेसी र जुलियन अल्भारेजले गोल गरे ।

अल्भारेजले २२ औं मिनेटमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाए। दोस्रो हाफको ५१ औं मिनेटमा लियोनल मेसीले अग्रता दोब्बर पार्दै अर्जेन्टिनालाई जिततर्फ उन्मुख गराएका थिए। त्यसपछि दुवैतर्फबाट गोल नभएपछि अर्जेन्टिना विजयी भएको हो।

अर्जेन्टिनाले अब कोलम्बिया र उरुग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ । साविक विजेता अर्जेन्टिना लगातार तीन ठूला प्रतियोगिता जित्ने लक्ष्यमा छ । २०२१ मा कोपा जितेको रअर्जेन्टिनाले २०२२ मा फिफा विश्वकप उपाधि जितेको थियो ।

जारी प्रतियोगितामा अर्जेन्टिना अपराजित छ। समूह चरणमा चिली, क्यानडा र पेरूलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनल पुगेको हो।

Skip This