काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख २ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेर ४ हजार ७७५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्