रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द


काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द गरेको छ । बोर्डको आज बुधबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

बुक विल्डिङ विधिमार्फत सार्वजनिक निष्कासनका लागि अनुमति दिएसँगै रिलायन्सको आइपीओ विवादित बन्दै आएको थियो।

सार्वजनिक लेखा समितिले बोर्डला मंगलबार रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा सात दिने स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

स्पिनिङ मिल्सको आईपीओ आईपीओको विषयमा संसदको सार्वजनिक लेखा समितिमै प्रश्न उठेपछि बोर्डले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

सार्वजनिक लेखा समितिले रिलायन्सको आईपीओमा जुन प्रश्न उठाएको छ त्यो सार्वजनिक चासोको विषय हो,बोर्डका एक अधिकारीले भने ‘बोर्डले लेखाको प्रश्नमाथि जवाफ पठाउँछ त्यसपछि लेखाबाट जे जवाफ आउँछ, त्यसमाथि छलफल गरेर अघि बढ्नेछौ, अहिलेलाई आइपीओको सबै प्रक्रिया स्थगित गरेका छौं ।

कम्पनीले असार २७ गतेबाट पहिलो चरणअन्तर्गत बैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो । सेबोनले गत असार १२ गते प्रतिकित्ता ८२०।८० रुपैयाँ दरको आईपीओ निष्कासनका लागि कम्पनीलाई स्वीकृति दिएको थियो ।