काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयर मूल्य बढेको छ भने २ ओटा उपसमुहको सेयर मूल्य घटेको छ ।
विहीबार नेप्सेमा सिइडिबी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी लिमिटेड सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको १५ करोड २५ लाख ८१ हजार ५ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन बलेफी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै समाज लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.५९ प्रतिशतले घटेको छ ।
कुल ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्