सोमबार दोहोरो अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयर मूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयर मूल्य घटेको छ ।

सोमबार नेप्सेमा अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको ३७ करोड ८ लाख ७२ हजार ५८९ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सिभिल बैंक डिभेन्चर २०८८ र माण्डु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।