प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिका बारेमा गम्भीर छौँ: गृहमन्त्री


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिका बारेमा गम्भीर भएर काम गर्ने बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले सिमलतालमा पहिरोमा परी बेपत्ता बस र बसका यात्रुहरूको बारेमा केही विषयलाई छानबिन गर्न कार्यदल बनाउने निर्णय भएको पनि बताए ।

उनले कार्यदललाई १० दिनको समय दिइएको बताए । उनले घटना कसरी भयो, मृतक र बेपत्ता भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने बारेमा पनि छलफल भएको बताए ।

उनले भने, “नयाँ सरकार बनेको छ, धेरै चुनौती पनि छन् र अवसरहरू पनि छन् । गम्भीरतापूर्वक हामी अघि बढ्नेछौँ । विधिको शासन कायम हुन्छ, सबै कुरा कानुन बमोजिम हुन्छ । सिमलतालमा पहिरोमा परी बेपत्ता बस र बसका यात्रुहरूको बारेमा केही विषयलाई छानबिन बनाएका छौँ । १० दिनको समय दिएका छौँ( यो घटना कसरी भयो, मृतक र बेपत्ता भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति के कति कसरी उपलब्ध गराउने कुरामा । घटना पुनरावृत्ति नहुने गरी कस्तो व्यवस्था गर्ने भन्ने कुराको बारेमा कार्यदल बनाउने कुरा भएको छ । प्राकृतिक प्रकोपले भएको जनधनको क्षतिको बारेमा गम्भीर भएर काम गर्नुपरेको छ ।”

उनले नयाँ सरकारलाई चुनौति र अवसर रहेको भन्दै गम्भीरतापूर्वक अघि बढ्ने बताए ।