काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको बताइएको छ।
मन्त्री सिंह र राजदूत श्रीवास्तवबिच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहोरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोगबारे पनि छलफल भएको मन्त्रालयका सचिव मणिराम गेलालले बताए।
भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो। दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीबारे छलफल भएको सचिव गेलालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्