हुन्डाई फेस्टिभ डिलाइट २०८० अफरको विजेता घोषणा


काठमाडौँ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले २०८० काे दशैं-तिहार अवसरमा सञ्चालन गरेको अफरको विजेता घोषणा गरिएको छ ।

घोषणा अनुसार सुनसरीका इन्द्रप्रसाद गुरागाईंले हुन्डाई एक्सटर जितेका छन् । ३१ असारमा लक्की ड्र मार्फत उनलाई विजेता घोषणा गरिएको हो । उनले विर्तामोडमा रहेको अलायन्स मोटर्स प्रालिबाट हुन्डाई गाडी खरिद गरेका थिए ।कम्पनीले चाडपर्वको अवसरमा ‘हुन्डाई फेस्टिभ डिलाइट(२०८०’ योजना सञ्चालन गरेको थियो ।

नयाँ हुन्डाई गाडी खरिद गर्ने ग्राहकका लागि ६ लाख रुपैयाँसम्मको नगद छुट एवम् एक वर्षसम्मको बीमा र सडक कर निःशुल्क उपलब्ध गराउने योजना समावेश थियो ।

साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट र १ जना विजेताले हुन्डाई एक्सटर जित्ने अफर समावेश थियो ।

Skip This