मधेश प्रदेशले सिमलताल घटनाका मृतक परिवारलाई एक लाख रुपैयाँ दिने


काठमाडाैँ । मधेश प्रदेश सरकारले गत २८ असारमा त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेश प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने बताएका हुन् ।

अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ । ८ शवको सनाखत हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

भेटिएका शवहरूमध्ये १५ जना पुरुष र २ महिलाका छन् । सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय छन् । दुवै बसका गरी अझै ४५ यात्रुको अवस्था अज्ञात छ । बसका ३ जना भने पौडिएर बाँच्न सफल भएका थिए ।