प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने तयारी रहेको नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट सपथग्रहण गरेका थिए । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्रीले ६ गते संसदबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम पनि छ । सोही दिन प्रधानमन्त्रीको नियुक्ती प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनवाइ पनि हुँदैछ ।

अहिले नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र लोसपा सरकारमा छन्।