शुक्रबार प्रतितोला २ हजार रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ। शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ। विहीबार प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ हजार रुपैयाँले घटेर १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ८०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।