माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभर विभिन्न सेवा अवरुद्ध


काठमाडौँ । माइक्रोसफ्टको सर्भरमा शुक्रबार प्राविधिक गडबडी देखिएको छ । जसका कारण विश्वभरका एयरलाइन्स, टिभी टेलिकास्ट, बैंकिङ र धेरै कर्पोरेट कम्पनीको कामकाज प्रभावित भएको छ ।

सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका विमानको उडान बन्द भएको छ । बेलायतमा रेल कम्पनीहरूको सञ्चालन रोकिने सम्भावना रहेको जनाइएको छ। एउटा ठूलो ट्रेन कम्पनीले धेरै मात्रामा आईटी समस्या आएकोले ट्रेन सञ्चालनमा असर गर्न सक्ने बताएको बीबीसी समाचारमा उल्लेख छ।

आइटी प्रणाली बन्द भएकाले बर्लिन एयरपोर्टमा चेक-इनमा समस्या आएको छ। आईटी समस्याहरू स्पेनका सबै एयरपोर्टहरूमा सुरू भएको रिपोर्ट गरिएको छ।

नेपालमा पनि एयरलाइन्सहरूकोमा टिकट बुकिङ्ग लगायतमा समस्या आइरहेको बताइएको छ। भारतका एयरलाइन्समा पनि यसको असर देखिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। चार एयरलाइन्स ( इन्डिगो, स्पाइसजेट, अकासा एयर र एयर इन्डिया एक्सप्रेसले प्राविधिक समस्याका कारण बुकिंग, चेक-इन र उडान अपडेट सेवाहरू प्रभावित भएको जनाएको छ।

Skip This