ट्रक व्यवसायीहरुको समस्या समाधानका लागि मन्त्री दाहालकाे प्रतिवद्धता


काठमाडौँ। भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ट्रक व्यवसायीहरुले भोग्दै आएको समस्या समाधानका लागि आफु प्रतिवद्ध रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासंघको प्रतिनिधि मण्डलसँगको भेट्का क्रममा मन्त्री दाहालले आफु व्यवसायीहरुको समस्या समाधानका लागि प्रतिवद्ध रहेको बताएका हुन्।

उनले ट्रक व्यवसायीहरुको समस्याको दिर्घकालिन रुपमा समाधान गर्न छिटोभन्दा छिटो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ सहितको प्रतिनिधि मण्डलले मन्त्री दाहाललाई भेटी ट्रक यातायात व्यवसायीहरुले भोग्दै आएका समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए ।

व्यवसायीहरुसँग कुराकानी गर्दै मन्त्री दाहालले समस्या समाधान गर्नु राज्यको दायित्व भएको भन्दै आफु त्यसप्रति गम्भीर रहेको बताएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए।

मन्त्री दाहालले केही दिनमै पुनः ट्रक यातायात व्यवसायीहरुलाई थप छलफलका लागि बोलाउने बताएको महासचिव बाँनियाले जानकारी दिए।

Skip This