नेपाल डेरी एसोसिएसनले सुरू गरेको मही अभियानलाई सम्मान प्राप्त


काठमाडौँ । देशव्यापी मोही अभियान सुरू गर्दै प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल सम्मानित भएका छन्।

एन. प्याब्सन अन्तर्गत स्कुल एलायन्स फर एकेडेमी ट्रान्स्फर्मेसन (स्याट)द्वारा आयोजित एसईई सम्मान – २०८०, कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा एसोसिएसनलाई सम्मान गरिएको हो ।

सम्मानले दूध तथा दुग्ध पदार्थ एवं मोहीको प्रवर्द्धनमा थप सक्रियताका साथ काम गर्न अझ बढी प्रोत्साहन मिलेको कुरा एसोसिएसनका अध्यक्ष दाहालले बताए । कार्यक्रममा उपस्थित करिब १५० जना सहभागीलाई एसोसिएसनले मोही उपलब्ध गराएको थियो ।

“पछिल्लो समय देशभर मोहीको प्रवर्द्धन अत्यन्तै बढेको छ,” एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले भने, “मोही प्रवर्द्धन अभियानपछि झण्डै एक दर्जन डेरी उद्योगले मोहीलाई ब्राण्डिङ गरेर बजारमा ल्याएका छन् । हरेक ठाउँमा मोही राख्न्न थालिएको छ ।”

पछिल्लो समय सिंहदरबारका हरेक क्यान्टिनदेखि गाउँ गाउँसम्म मोहीका माग बढेको कुरा केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमलाले बताए।

Skip This